रास्वपा सहमहामन्त्री विपिन आचार्य एमाले महासचिव शंकर पोखरेलवीच भिड्न्त
वि.सं.२०८२ माघ ५ सोमवार २०:४६
shares

रुपन्देही । रास्वपा सहमहामन्त्री विपीन आचार्य नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग भिड्ने भएका छन् ।
दाङको क्षेत्र नं २ बाट आचार्यको उम्मेदारी निश्चित भएको हो । यसअघि एमालेले महासचिव पोखरेललाई सोही क्षेत्रको उम्मेदार बनाएको छ । पोखरेल यसअघि ०७९ मा सोही क्षेत्रबाट थोरै मतअन्तरले माओवादी नेतृ रेखा शर्मासँग पराजित भएका थिए ।
आचार्य र पोखरेल दुवैको गृहजिल्ला दाङ हो । आचार्यले नेपाल प्रेससँग कुरा गर्दै उम्मेदारीका लागि दाङ जाँदै गरेको बताए ।

























