काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन

1.33K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएको छ ।

बुधबार महानगर प्रहरी बल कार्यालयमा सम्पूर्ण सकल दर्जाका नगर प्रहरीहरुलाई सार्वजनिक क्षेत्रभित्र धुम्रपान रोक्न अभियान केहि कमजोर भएको जस्तो देखिएको भन्दै प्रभावकारी रुपमा सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

काठमाडौंको चारै क्षेत्रबाट महानगर प्रहरीले काम गरिरहेको भन्दै कुनै गुनासो आउने गरि कार्यसम्पादन गर्न उनले निर्देश दिए । प्रमुख जोशीले फुटपाथ र पार्किङमा बढि ध्यान दिनुपर्ने बताए ।

उनले यसअघि भएका राम्रा कामको निरन्तरता र नराम्रा कामको सुधार गर्दै महानगर प्रहरी बललाई अघि बढाउने धारणा राखे । यस अघिका प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएपछि जोशीले महानगर प्रहरी बलको नेतृत्व सम्हाले ।

IME
khanepani