काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, घाइते ८

1.91K
shares
khanepani bord

गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट रिडी घाटतर्फ मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा पठाइएकोमा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमाललाई चिकित्सकले मृत घोषणा गरेको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । सारुका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

अन्य घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

IME
khanepani