काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

डा. संगीता मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

1.78K
shares
khanepani bord

काठमाडौं । स्वास्थ्य मन्त्रालयकी पूर्वसचि डा. संगीता मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी मागेको छ ।

आज न्यायाधीहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

आयोगले ठेक्का सम्झौता शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल-बिजक, गलत प्रतिवेदन र भुक्तानी गरेको दाबीसहित झण्डै १४ करोड बिगो दाबी गरेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको उनीमाथि अभियोग छ ।

IME
khanepani