काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

शुक्रबारदेखि पश्चिम नेपालमा वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

1.17K
shares
khanepani bord

काठमाडाैँ । माघ ९ गते (शुक्रबार) देखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । विभागको मौसम पूर्वानुमान शाखाले शुक्रवार रातिदेखि शनिबार बेलुकासम्म मुलुकको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले वर्षासँगै उच्च हिमाली भूभागहरुमा मध्यम हितपात हुने सम्भावना रहेको समेत बताए । उनले वर्षा मध्यम खालको हुने र त्यो शनिबार बेलुकासम्म मात्रै रहने पनि स्पष्ट पारे ।

वरिष्ठ मौसमविद् पौडेलेले भने, ‘शुक्रबार रातिदेखि शनिबार बिहानसम्म विशेष गरेर पश्चिमतिरबाट पानी पर्ने प्रणाली, हिमपार्ने वर्ष भित्रिँदैछ । तर त्यस्तो ठूलो खालको झरी पार्ने पानी चाहीँ होइन । तर पहिलो हिउँदे वर्षाको रुपमा शुुक्रबार रातिदेखि बिहानसम्म विशेष गरेर सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ ।’

उनले थप भने, ‘उच्च हिमाली भूभागहरुमा मध्यम हितपातको सम्भावना पनि देखिन्छ । साथसाथै काठमाडौँसम्म आइपुग्दा केही हल्का वर्षा बदलीको सम्भावना रहन्छ । तर पूर्वतिर वर्षा हुँदैन । किनभने यो पश्चिमबाट आएको प्रणाली हो । उपल्लो वायु मण्डलबाट आउँछ । त्यसले गर्दा त्यसरी रहन्छ । विस्तारै फेरि शनिबार दिउँसो बेलुकातिरबाट खुल्दै जान्छ ।’

शाखाका अनुसार माघ १३ गते मंगलबार रातिदेखि फेरि हल्का वर्षको सम्भावना रहेको छ । मंगलबार रातिदेखि बुधवारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा मध्यमखालको हिमपातको पनि सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए ।

उनले भने,‘सोमबार, मंगलबार फेरि केही ग्याप हुन्छ । फेरि मंगलबार रातिदेखि बुधवार फेरि अर्को प्रणाली पनि आउँदैछ । त्यसले पनि उच्च हिमाली भू-भागमा हिमपात हुने देखिन्छ । त्यसपछि मौसम सफा नै रहने देखिन्छ । तर त्यस्तो ठूलो खालको झरी गराउने अवस्था छैन ।’

यस अघि गत साता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरुका हल्का वर्षा भएको र उच्च हिमाली भूभागहरुमा मध्यम खालको हिमपात नभएको थियो । हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिनसक्ने विज्ञहरूको भनाइ छ ।

यस वर्षको हिउँदमा सामान्य भन्दा कम वर्षा भएको र तापक्रम औसतभन्दा माथि रहेको अवस्थामा यो वर्षाले कृषि, वायु प्रदुषण नियन्त्रण र जलस्रोतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

IME
khanepani