काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

बागी विवाद सल्टाउन प्रचण्डले हरिबोलसहित सिन्धुलीका नेताहरूलाई काठमाडौं बोलाए

1.13K
shares
khanepani bord

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सिन्धुली सिन्धुली २ को टिकट विवाद सल्टाउन नेताहरूलाई काठमाडौं बोलाएका छन्।

सिन्धुली २ मा राजन दाहालविरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दिएपछि प्रचण्डले विवाद समाधान गर्नको लागि नेताहरूलाई आज काठमाडौं बोलाएका हुन्।

बागी उम्मेदवारको प्रस्ताव नेकपाका शीर्ष नेता हरिबोल गजुरेल बनेका छन्। सिन्धुली १ बाट सिफारिस भएका दाहाललाई २ मा टिकट दिएपछि उनीहरू असन्तुष्टि बनेका हुन्।

टिकट विवाद चर्किएपछि समाधानको लागि प्रचण्ड पनि काठमाडौं फर्किएका छन्। उनी उम्मेदवारी दर्ता गर्न रुकुम पूर्व पुगेका थिए। अध्यक्ष काठमाडौं आएर आफूहरूलाई छलफलको लागि बोलाएको नेता गजुरेलले बताए।

प्रचण्डले बोलाएपछि आफूसहित महेश्वर दाहाल, जिल्ला पार्टी संयोजक पानीराज बमजन र जिल्ला इन्चार्ज वसन्त माझी सिन्धुलीबाट काठमाडौं आउन लागेको नेता गजुरेलले बताए।

उनले आफूहरू ब्याक नहुने अडानमा रहेको बताए।

उनले भने, ‘हामी अगाडि बढिसकेका छौँ। अब अगाडि जाँदा चट्टान छ, पछाडि भिर छ। पछि हटेर भिरबाट खस्ने कुरा हुँदैन, चट्टान फोडेरै अघि बढ्ने हो।’

उनले आफूहरूको स्पष्ट अडान संयोजक प्रचण्डसँगको भेटमा पनि राख्ने तयारी गरेको सुनाए।

IME
khanepani