काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

1.38K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

मुख्यसचिव पौडेलले राजीनामा दिएको एक पदाधिकारीले पुष्टि गरेका छन् । पौडेलले राजीनामा दिएकै कारण सचिव प्रकाश शर्माले बिहीबार केन्द्रीय कार्यसमिति बैठकबारे सूचना जारी गरेका थिए ।

नयाँ नेतृत्व चयन भएपछि शुक्रबार पहिलो पटक केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

बैठकले नव निर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री घोषणा गरिने पदाधिकारी स्रोतले जानारी दिएको छ ।

IME
khanepani