खानेपानी मन्त्री परियार र सचिव साह भ्रष्टाचारी ठहर, बर्खास्त गर्न प्रधानमन्त्रीलाई दवाव (फैसलाको सूची)
वि.सं.२०८२ माघ ८ बिहीवार १७:५४
shares

काठमाडौं । कर्मचारीहरुको अनियमित ढंगबाट गरिएको सरुवा प्रशासनिक अदालतबाट बदर भएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापमा सरुवा भएको ५ महिनामै रामेछापबाट भक्तपुर कार्यालयको सहायकमा सरुवा भएका सिडिई राजेन्द्र कुमार श्रेष्ठले खानेपानी मन्त्री डा.मदनकुमार परियार र सचिव रामआधार साहलाई विपक्ष बनाएर हालेको उजुरी उपर कारवाहि हुदाँ पक्षको मागदावी अनुसार अन्तरकालिन आदेश जारि भएको छ ।
त्यसैगरि पोखरा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा विभागबाट सरुवा भएका सहसचिव सु.ई नारायण प्रसाद आचार्यको सोहि मितिमा जलबायू अनुकुलित वृहत्त खानेपानी तथा सरसफाई आयोजना, आयोजना व्यवस्थापन कार्यालय पानीपोखरीमै मन्त्री स्तरीय निर्णयबाट अस्थायी दरबन्दीमा काज सरुवा गरिएको छ ।
अबोध बालबालिकाहरुको रगतमा बनेको सरकारका मन्त्री परियार र भ्रष्टाचारी सचिव साहले आर्थिक लाभ लिनकै लागि सरुवा गर्ने र पैसाको कुरा मिलेपछि फेरी काज राख्ने लाचारी काम देखेर लाज पनि लजाउने अवस्था भएको छ । प्रधानन्यायधिश भईसकेकि अन्तरीम प्रधानमन्त्रीका मन्त्रीको यो कुरी कुरी हुने कामले इमानदार कर्मचारीहरु र सरोकारवालाहरु चकित भएका छन ।
देख्दा शालिन देखिने मन्त्री परियार घुष खाएर कर्मचारीहरुको सरुवा गर्न निक्कै माहिर देखिएका छन । उनले पैसा उठाउने कार्यका लागि स्वाकिय सचिव रोशन परियारलाई परिचालन गर्ने गरेको पनि समचार स्रोतले दावी गरेको छ । ती कलिला बालबालिकाको रगतले लतपतिएर बनेका मन्त्री घुषमा लिप्त भएका छन । मन्त्री परियार र भ्रष्टाचारीको उपमाले निजामति सेवामा नाम कहलिएका सचिव रामआधार साहसँग नयाँ आउने सरकारले यसको हिसाव किताव चुक्ता गराउने सरोकारवालाहरुले बताएका छन ।
अदालतबाट कैफियत देखाएपछि भ्रष्ट मन्त्रीको नैतिकता भए पदबाट राजिनामा दिन पनि खानेपानीका इमानदार कर्मचारीहरुले आवाज उठाएका छन । सचिव र महानिर्देशक पैसाको डिल गरेर पैसा उठाउने र मन्त्रीको पिए परियारले उक्त पैसा ७५ प्रतिशत मन्त्री परियारलाई दिने र २५ प्रतिशत आफै राख्ने गरेको पनि खानेपानीका उच्चपदाधिकारीहरुले बताउने गरेका छन ।
खानेपानी कार्यालय पोखरामा दुई जनाको दरबन्दी भएका ठाउँमा ३ जना सिडिई राखेर प्रमुख बनाउने पात्रसँग आर्थिक मोलमोलाई चलिरहेको पनि समाचार स्रोतले दावी गरेको छ ।
प्रधानमन्त्री कार्कीमा नैतिकता भए सचिव साहलाई तत्काल सरुवा गरेर मन्त्री परियारलाई पदबाट बर्खास्त गर्नु पर्ने आवाज पनि प्रशासनिक अदालत परिसर सिंहदरबारमा चर्चा चलेको छ ।
सचिव साह र मन्त्री परियारले प्रधानमन्त्रीको शिर झुकाउने काम गरेका कारण उनीहरुलाई उन्मुक्ती दिनु नहुने तर्क पनि सरोकारवालाहरुले गरेका छन । कर्मचारीहरुको सरुवा भएका दिन मन्त्री सिराह थिए । मन्त्री ५ मात्र काठमाडौं आएका हुन उनले निर्बाचन आचारसंहिता लागेपछि कर्मचारीहरुको काज सरुवा गरेका छन ।




























