काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

अपुताली जग्गा व्यक्तिलाई दिलाउने बाँके मालपोतका हाकिमसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

1.48K
shares
khanepani bord

काठमाडौं । सरकारी जग्गा गैरकानूनी ढंगले व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा बाँके मालपोतका तत्कालीन मालपोत अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियारले तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, अधिकृत अशोककुमार भट्टराई, तत्कालीन नायब सुब्बा ताराप्रसाद खनाल, साविक बेतहनी गा.वि.स.का तत्कालीन सचिव मानबहादुर बोगटी र नायब सुब्बा कर्णबहादुर पुनविरुद्ध मुद्दा दायर गरेको हो । जग्गा हात पार्ने लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीलाई पनि प्रतिवादी बनाइएको छ ।

साविक बेतहनी गाविस ४ मा रहेको स्वर्गीय सुरता कुर्मीको नामको जग्गा हकवाला कोही नभएकाले (अपुताली) प्रचलित कानूनअनुसार नेपाल सरकारको नाममा कायम हुनुपर्ने मा आपसी मिलेमतोमा उक्त जग्गा लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीको नाममा नामसारी गरी हानीनोक्सानी पुर्‍याएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

जिल्ला उच्च हुँदै सर्वोच्च अदालतले समेत उक्त जग्गामा दाबी गर्नेहरूको हक नपुग्ने र त्यो अपुताली जग्गा भएको अन्तिम फैसला गरिसकेको थियो । अदालतको सो फैसलालाई समेत बेवास्ता गर्दै झूटो फिल्ड मुचुल्का र गाविसको सिफारिस बनाइ निजी बनाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले मुख्य अभियुक्तका रूपमा तत्कालीन मालपोत हाकिम केसीसँग २२ लाख ४२ हजार ७२० रूपैयाँ, मालपोत अधिकृत भट्टराईविरुद्ध २० लाख ८७ हजार २५९ रूपैयाँ बिगो दाबी गरेको छ।

IME
khanepani