काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

भेप आयात प्रकरण : मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काकै योजना हुन्छ आयात

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काकै संलग्नतामा अबैध रुपमा प्रतिबन्धित सामानको आयात सो नाकाबाट गराउदै आएको आरोप समेत लागेको छ ।

2.35K
shares
khanepani bord

काठमाडौं । सरकारले नेपालमा आयात गर्न लगाएको प्रतिबन्धका बिच पनि करोडौ रुपैयाँको सामान खुला रुपमा आयात भई रहेको छ । सरकार एकातर्फ प्रतिबन्ध लगाएको सूचना जारी गर्दै आएको छ भने अर्कोतर्फ सरकारी तलवभत्ता खादै आएका कर्मचारीकै योजना र संलग्नतामा अबैध सामानको आयात विभिन्न नाकाबाट हुदै नेपाल भित्रने कार्यमा झन तीव्रता आएको छ । यस्तै अबैध सामानको आयातमा भन्सार कर्मचारीकै मिलिमतो र योजनामा देशका विभिन्न भन्सार नाकाबाट दैनिक करोडौ मुल्यका सामान आयात गरिदै आएको पाइएको छ । त्यसमध्ये पछिल्लो समयमा प्रतिबन्ध गरिएको अबैध सामान हो इलेक्ट्रिक चुरोट (भेप) ।

सरकारले भेपको आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । तर,भन्सार प्रमुखकै संलग्नतामा करोडौ मुल्यको भेप विना भन्सार नेपाल आयात गर्ने मेलो मेसो मिलाउदै राजश्व समेत छली गरिदै आएको भेटिएको छ । सो अबैध कार्यको पुष्टी पछिल्लो समयमा सशस्त्र प्रहरीले गएको पुस २८ गते मुस्ताङ भन्सार कार्यालयबाट तस्करीका माध्यमबाट भित्रिएको २ करोड २४ लाख रुपैयाँ भन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोट (भेप) सहित एक व्यक्तिलाई पक्राउ गरेसंगै सो कार्यको खुलासा भएको हो । सशस्त्र प्रहरीले मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङबाट अबैध भेप सहितको कन्टेनर र सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ को सुनकोसी गाउँपालिका–५ का ३२ वर्षीय चालक पेमा लामालाई पक्राउ गरेसंगै गरिएको अनुसन्धानबाट भन्सार कर्मचारीको संलग्नतामा सो भेप आयात गरेको खुलेको छ ।

सशस्त्रले ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट ८० कार्टुन भेप बरामद गरेको थियो । बरामद भेपको मूल्य २ करोड २४ लाख ५९ हजार ३२० रुपैयाँ रहेको समेत बताइएको छ । ती भेप केही दिनअघि चीनबाट भन्सार छली नेपाल भित्राइएको र कोरोला नाकाअगाडि गाडीमा लोड गरिएको अबस्थामा पक्राउ गरिएको थियो । सशस्त्र प्रहरी बलले गएको पुस २ गते भारततर्फ लान लुकाएको ४५ लाख मूल्य बराबरको ९ कार्टुन भेप पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ६ स्थित कब्रस्थानबाट बरामद गरेको थियो । मुस्ताङ भन्सार कार्यालयका कर्मचारीकै सेटिङमा पछिल्ला दिनमा भेप तस्करी हुँदै आएको समेत पक्राउ परेकाहरुले दिएको बयानबाट खुलेको सुरक्षाकर्मीको भनाई रहेको छ ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काकै संलग्नतामा अबैध रुपमा प्रतिबन्धित सामानको आयात सो नाकाबाट गराउदै आएको आरोप समेत लागेको छ । सो बारे भन्सार प्रमुख खड्कासंग सम्र्पक गर्दा सम्र्पक हुन भने सकेन । स्मरण रहोस अर्थमन्त्रालयको नेतृत्वलाई ठूलै रकम बुझाएर खड्का मुस्ताङ भन्सार कार्यालयमा सरुवा भएर गएका थिए । २०८२ भदौ ३१ गतेदेखि पूर्ण सञ्चालनमा आएको मुस्ताङको कोरलानाकाबाट भेपदेखि बिभिन्न सामानको तस्करीमा समेत बृद्धि भएको पाइएको छ । उक्त भन्सार कार्यालयका प्रमुख खड्का सोही नाकाबाट अबैध सामान नेपाल भित्राउने र सो बापत मोटो कमिशन असुली गर्ने व्यवसायीसंगको सहमतीमा सेटिङ मिलाएर ब्रान्डेड सामान कमसल भनेर आयात गर्नमा समेत तल्लिन रहदै आएको आरोप समेत लागेको छ ।

ब्यापारीसँग सेटिङ मिलाएर ब्रान्डेड सामानलाई न्यूनभन्सार गरि कमसलको शिर्षकमा राखी भन्सार प्रज्ञापन पत्र दिदै आयात हुने गरेको बताइएको छ । सो सेटिङ अनुसार व्यापारीलाई सहयोग गरेवापत भन्सार प्रमुख खड्का र कर्मचारीहरुले प्रतिगाडी ५० हजार रुपैयाँभन्दा बढी रकम असुली गर्ने गरेको समेत बताइएको छ । सो रकम भन्सार कर्मचारी र व्यापारीको गोप्य सहमतिमा ‘मेस’ नामक शिर्षकमा घुस रकम जम्मा गरि बेलुका भागबन्डा गर्ने गराउने कार्य समेत हुने गरेको एक व्यवसायीले नाम गोप्य राख्ने सर्तमा बताएका छन् ।

ती व्यापारीले दिएको जानकारी अनुसार। भन्सार प्रमुख खड्काले कोरला भन्सार मार्फत् आयात हुने सामानको मूल्यांकन पूरै सेटिङमा गर्दैआएको समेत बताएका छन् । उनीसंग सेटिङ मिलेका ब्यापारीहरुको कुनै पनि सामानको चेकजाँच नहुने गरेको गुनासो समेत ती व्यवसायीले गरेका छन् । बिगत ५ बर्षयता त्रिभुवन भन्ने पवनकुमार साह र सिल्क ट्रान्सपोर्टका रमेश शेर्पाले रसुवा र तातोपानी भन्सार सेटिङ गरी अर्बौं मूल्यको भेप चीनबाट नेपालको बाटो हुँदै भारततर्फ तस्करी गर्दैआएको बताइएको छ । गएको बर्ष २०८१ पुस २३ गते राजस्व अनुसन्धान बिभागले इमाडोलको गोदामबाट ५० करोड रुपैयाँबराबरको ५ सय कार्टुन भेप बरामद गरेको थियो । जुन भेप पवनकुमार साह र रमेश शेर्पाको रहेको थियो । उनीहरुले रसुवा नाकाबाट उक्त भेप तस्करी गरी भित्र्याएको आशंका राजस्व अनुसन्धान बिभागले गरेको थियो ।

बिगत ६ महिनादेखि रसुवा भन्सार बन्द रहेको र २०८२ पुस १५ देखि मात्र संचालनमा आएको छ । रसुवा भन्सार बन्द भएपछि गएको भदौ ३१ देखि पूर्ण संचालनमा आएको कोरला नाकाबाट भेप तस्करी हुन थालेको थियो । पवनकुमार साह र रमेश शेर्पाको समूहले कोरला नाकाबाट नेपाल हुँदै भारततर्फ भेप तस्करी गर्दैआएको समेत बताइएको छ । नेपालमा भेपको खपत अत्यन्त न्यून रहेको र भित्रिएका अधिकांश भेप भारत नै तस्करी हुने गरेको छ । नेपालको खुला सीमा, कमजोर भन्सार निगरानी र सीमावर्ती क्षेत्रमा देखिएको सेटिङका कारण तस्करहरूले नेपाललाई ट्रान्जिट रुटका रूपमा प्रयोग गरिदै आएको छ ।

मुस्ताङको घटनामा समेत पक्राउ परेका व्यक्ति चालक÷ढुवानीकर्ताको भूमिकामा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, भेपका वास्तविक लगानीकर्ता को हुन् ? गोदाम सञ्चालन गर्ने को ? सीमामा सहज पास गराउने संयन्त्र को ? यी प्रश्नहरूको उत्तर भने अहिले सार्वजनिक गरिएको छैन । भेपको राजस्व छली गरेको आरोपमा शिल्क गु्रप प्रालिका अध्यक्ष शेर्पासहित १२ जना विरुद्ध राजस्व अनुसन्धान बिभागले २०८१ भदौ १ मा मुद्दा दायर गरेको छ । २० करोड १५ लाख ४८ हजार ९ सय १७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

त्यस्तै शिल्क ग्रुप प्रालि अन्तर्गतका ७ वटा प्रालिहरुका साथै सञ्चालक शेयरधनीहरु रमेश शेर्पा, विजय शेर्पा, सोने शेर्पा, कृष्ण शेर्पा, निमादोर्जे शेर्पा, जाङ्गु शेर्पा, साङ्गो शेर्पा,डिमा छिकी शेर्पा, पुन्यबहादुर कार्की सुनौ, औदी तामाङलाई प्रतिवादी कायम गरी प्रतिवादीहरुबाट ५७ करोड ८ लाख चार सय ५३ रुपैयाँ विगो जफत र विगोको शतप्रतिशत जरिवाना माग गरिएको छ । रमेश शेर्पा र पवनकुमार साह (त्रिभुवन)ले चीनबाट भेप तस्करी गरी भारत लाने गरेको सूचनाका आधारमा राजस्वले छापा मारेको थियो । पवनकुमार साहको प्रत्यक्ष संलग्नता नदेखिएपछि उनका बिभिन्न कम्पनी बिभागले छानबिनको दायरामा ल्याएको छ ।

साहले चीनबाट नेपाल हुँदै भेप तस्करी गरी भारतको रक्सौलमा ४ वटा र दिल्लीमा ३ वटा घर, भारतका बिभिन्न सहरमा समेत जायजेथा जोडेको स्रोत बताउँछ । साह भारतीय नागरिक भए पनि उनले रौतहटको चन्द्रनिगाहापुरबाट नक्कली बाबु बनाई नागरिकता लिएका छन् । उनका भाइ रतन साह भारतीय नागरिक हुन् । पवनकुमार साहका सत्यम एग्रोसहित १२ वटा कम्पनीका बिरुद्ध राजस्व अनुसन्धान बिभागले गहन छानबिन गरिरहेको छ ।

राजस्व अनुसन्धान बिभागले नेपालमा सबैभन्दा ठूलो तस्करीको नेटवर्क संचालन गर्ने साह नै भएको सूचनाका आधारमा छानबिन गरिरहेको छ । साहले सत्यम एग्रोको नाममा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागबाट महानिर्देशकको कीर्ते हस्ताक्षर गरी केराउ र पोस्तादानाको नक्कली अनुमति बनाएको आरोपमा समेत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले छानबिन गरिरहेको छ ।

IME
khanepani