बाबुरामलाई रास्वपाको आग्रह : उम्मेदवारी फिर्ता लिएर कवीन्द्र बुर्लाकोटीलाई सघाइदिनुस्
वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२९
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गोरखा-२ मा दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।
रास्वपाका उपसभापति स्वणिम वाग्लेले आफ्नो उम्मेदवारी फिर्ता लिएर रास्वपाका उम्मेदवारी कवीन्द्र बुर्लाकोटीलाई सघाउन आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘आसन्न निर्वाचनमा गोरखा २ बाट उम्मेदवार रहनुभएका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौँ।’
उनले पूर्वप्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउने विश्वास व्यक्त गरेका छन्।

























