काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

उम्मेदवारी फिर्ता लिन्न, जिल्लाको सिफारिसलाई पार्टीले मान्यता दिनेमा विश्वस्त छु : दाहाल

1.34K
shares
khanepani bord

​सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता महेश्वर दाहालले सिन्धुली क्षेत्र नम्बर-२ बाट उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्‍याएका छन् । पार्टीको जिल्ला कार्यदलले गरेको सिफारिसलाई बेवास्ता गरी केन्द्रबाट उम्मेदवार ‘थोपरिएको’ भन्दै उम्मेदवारी फिर्ता नलिने बताएका हुन् ।

​जिल्ला पार्टी कार्यदलले सिन्धुली–२ का लागि हरिबोल गजुरेल, पानीराज बम्जन र महेश्वर दाहालको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा दाहालले निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

दाहालको उम्मेदवारीमा हरिबोल गजुरेल प्रस्तावक र पानीराज बम्जन समर्थक रहेका छन् । जसले जिल्लाको आधिकारिक टोली एकढिक्का रहेको सन्देश दिएको उनले बताए।

​सिन्धुली क्षेत्र नम्बर १ बाट सिफारिस भएका राजन दाहाललाई अचानक क्षेत्र नम्बर २ मा ल्याइएपछि जिल्ला तहका नेता र कार्यकर्ताहरू रुष्ट बनेका छन्। जिल्लाले गरेको निर्णय र सिफारिसलाई लत्याएर केन्द्रले हठात रूपमा उम्मेदवार परिवर्तन गरेकोमा नेता दाहालले आपत्ति जनाए।

रातोपाटीसँग कुरा गर्दै नेता दाहालले भने, ‘हामीले जिल्ला कार्यदलको निर्णय बमोजिम नै उम्मेदवारी दर्ता गरेकोले फिर्ता लिने कुनै तयारी छैन । सिन्धुली–१ का लागि सिफारिस भएका व्यक्तिलाई क्षेत्र नम्बर २ मा ल्याइनु न्यायोचित छैन। पार्टी नेतृत्वले ढिलोचाँडो जिल्लाको भावना बुझ्नेछ र केन्द्रबाट थोपरिएका उम्मेदवारलाई हटाएर स्थानीय सिफारिसलाई नै मान्यता दिनेमा हामी विश्वस्त छौं।’

​उनले आफूहरूको कदम पार्टी हितविपरीत नभई जिल्लाको आन्तरिक लोकतन्त्र र कार्यकर्ताको भावना जोगाउनका लागि भएको दाबी समेत गरे। केन्द्रले आफ्नो निर्णय नसच्याउँदासम्म जिल्लाले सिफारिस गरेका उम्मेदवारहरूको अडान कायम रहने देखिएको छ।

IME
khanepani