काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

योगेश भट्टराईले भने, ‘टिकट नपाए पनि विचलित छैन तर अध्यक्षको टिप्पणीले दुःखी छु’

1.5K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस नगर्ने बताएका छन्। उनले आफूले टिकट नपाए पनि विचलित नभएको बताएका छन्।

उनले भनेका छन्, ‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । नो इफ, नो बट, म विचलित र निराश छैन ।’

उनले अध्यक्ष केपी ओलीले आफूसहित सुरेन्द्र पाण्डे, बिन्दा पाण्डे, गोकुल बास्कोटालगायतबारे गरेको टिप्पणीले चिन्तित रहेको बताएका छन्।

उनले भनेका छन्, ‘अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जीतको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन।’

IME
khanepani