ओखलढुंगाका एमाले अध्यक्ष खड्कासहित पदाधिकारीहरू नेकपामा प्रवेश
वि.सं.२०८२ माघ ९ शुक्रवार १६:१३
shares

काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का,उपाध्यक्ष कमल न्यौपाने,सचिव अशोक थापा,उपसचिव राजीव कटुवालसहितको टिम नेकपामा समाहित भएको हो ।
प्रतिनिधि सभाको टिकट दाबी गरेका अम्बिरबाबु गुरुङलाई नदिएर केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका थिए ।
गुरुङ नेकपामा गएर उम्मेदवार बनेपछि उनीनिकट जिल्ला कमिटीका पदाधिकारी पनि नेकपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले स्वागत गरेका थिए ।
कार्यक्रममा ३८ जना विभिन्न कमिटीका सदस्यहरू नेकपा प्रवेश गरेको जानकारी दिइएकोमा केहीले सामाजिक सञ्जालबाटै आफूहरू एमाले नछाडेको भन्दै नाम हटाउन आग्रह गरेका छन् ।

























