खानेपानी सचिवको अखडा बसेरा, एभ्रेष्ट होटल, केयुकेएलमा कानूनले बर्जित गरेका कार्य ?
उनी गाँजा सेवन गर्न केयूकेएलको त्रिपुरेश्वरको शाखाको क्यान्टीनमा जाने र त्यहि गाजा सेबन गर्ने गरेको समाचार स्रोतको दावी छ ।
वि.सं.२०८२ माघ १२ सोमवार १०:२५
shares

काठमाडौं । “कहि नभएको जात्रा हाँडी गाउँ” भन्ने उखानसँग मेलखाने गरि काम गर्दै खानेपानी मन्त्रालयका सचिव रामआधार साह र मन्त्री मदनप्रसाद परियार ।
कृषि तथा पशुपक्षी मन्त्री परियारले खानेपानी मन्त्रालयको समेत कार्यभार समालेपछि त्यहाँ प्रधानमन्त्री कार्यालयको समेत आदेशलाई रद्दिको टोकरीमा हाल्ने काम भएको छ ।
मन्त्री परियार र सचिव साह जसरी पनि केहि आर्थिक जोहो गर्ने तारतम्यमा लागेको खानेपानी मन्त्रालय र महातहतका अधिकारीहरुको अनौपचारिक कुराकानीमा तर्क रहेको छ । उनीहरु केयुकेएलका खरिदार सुब्बाहरुको सुझाव र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशनको डिजाइन अनुसार कर्मचारीहरुसँग पैसा उठाउने र एक आपसमा बाँडिचुडी खाने तयारीमा रहेको समाचार स्रोतले दावी गरेको छ ।
केयुकेएलका विक्रम आर्चाय, खानेपानी आयोजनाका विकेश, मधु, केयुकेएल महाँकालचौर शाखाका प्रकाश थापा र महाँराजगञ्जतिरका केहि सहायकस्तरका कर्मचारीहरुले महाँराजगञ्जकै क्याफेहरुमा बसेर योजना बनाउने उक्त योजना विभागका महानिर्देशक कमलराज श्रेष्ठलाई सुझाउने र उक्त योजना खानेपानी मन्त्रालयका सचिव रामआधार साह, मन्त्रीका पिए रोशन परियार र विभागका महानिर्देशक श्रेष्ठसहित नयाँ बानेश्वरमा रहेको एभ्रेष्ट होटलमा बेलुका बसेर डिजाइन बनाउने काम हुदै आएको छ ।
खानेपानीका सचिव र केहि भ्रष्ट कर्मचारीहरुले सिंहदरबार छेउकै बसेर होटल र एभ्रेष्ट होटललाई आर्थिक कारोवार गर्ने अखडा बनाएर कारोबार हुने गरेको समाचार स्रोतले दावी गरेको छ ।
सचिवले खानेपानी मन्त्रालमा हाजिर गरेपछि मन्त्री परियारले पद बहालि गरेको भोलिपल्टदेखि खानेपानी आयोजना र खानेपानी विभागहरुका अधिकारीहरुसँग छुट्टाछुट्टै बसेर पैसाको बार्गेनिङ गरेको सूचना नेपाली जनताले प्राप्त गरेको छ ।
सचिव साहले खानेपानी तथा ढल व्यावस्थापन कार्यालय सुरत लाल चौधरी, मिहिर चन्द्र आचर्य,सु.ई, पूर्ण प्रसाद उपाध्याय, का.मु.सि.डि.इ देवेन्द्र कुमार झा, सुनिल तिवारी, हेराकाजी महर्जन, विपुल कुमार लाल दास, शेखरचन्द्र के=सी, अतुलेश कुमार कर्ण,मनोजराज दैवज्ञ, वीरेन्द्र कँडेल र अरुण कुमार कर्ण करिव ५ बर्षबढी समयसम्म बसेका सिडिईहरुसँग भेटघाट गरेर आर्थिक कारोबार गरेको समाचार स्रोतलको दावी छ ।
त्यसैगरि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका नौ तहका विक्रम आचार्यले एमाले महासचिव शंकर पोखरेलकि श्रीमतिको नाम दुरुपयोग गदै आफै सिइओ जसरी आयोजना र शाखा शाखामा अबैधढंगले पत्र लेख्दै कर्मचारीहरुको मानमर्दन गर्ने काम गरिरहदाँ समेत सिइओ अशोककुमार पौडेल निरीह जस्तै भएका छन । उनले केयूकेएलको ऐन, नियम, कर्मचारी विनियम र प्रबन्ध, नियमावलीले समेत बर्जित गरेका क्रियाकलाप गदै हिडेका छन ।
उनी आफै पत्र लेख्ने. आफै पत्रमा हस्ताक्षर गर्ने र आफै बोकेर जानेर दर्ता गराउने कार्या समेत गदै आएका छन । आफै नियमभन्दा बाहिर गएर दरबन्दी नभएका ठाउँमा काज सरुवा हुने, आफै अटेरी गरेर ४ महिनाभन्दा बढी बस्ने र आफै अरु कर्मचारीहरुलाई नियम कानूनका दफा पठाउने आचार्य विहान बेलुका जतिबेला पनि गाँजाकै तालमा हुने गरेको केयुकेएलका कर्मचारीहरुले बताउने गरेका छन ।
उनी गाँजा सेवन गर्न केयूकेएलको त्रिपुरेश्वरको शाखाको क्यान्टीनमा जाने र त्यहि गाजा सेबन गर्ने गरेको समाचार स्रोतको दावी छ ।

























