काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

१५ जना पौरखी युवालाई जेनजी सम्मान

4.93K
shares
khanepani bord

बिर्तामोड । झापाको बिर्तामोडमा आइतबार २८ बर्ष उमेर समूहका १५ जना नवपुस्तालाई पौरखी जेनजी सम्मान प्रदान गरिएको छ ।

काजी मिडिया एन्ड टेक्नोलोजी प्रालिले लोकतन्त्र पोस्ट म्यागजिन लोकार्पण समारोहमा श्रम, सिर्जना र आत्मनिर्भरताको बाटोमा हिडेका १५ जना जेनजी युवालाई सम्मान गरेको हो । पत्रिकाले जेनजी पुस्तालाई केन्द्रमा राखेर म्यागजिन तयार गरेको छ ।

गीत संगीत, खेलकुद, स्वास्थ्य, डिजिटल मार्केटिङ, वन्यजन्तु संरक्षक, नवप्रवर्तक, गायक, उद्यमी, धार्मिक अभियन्ता, पर्वतारोही, फुटबलर, जलवायु अभियन्ता, क्रिकेटर, कला/मोडलिङ विधाबाट आफूलाई अब्बल रुपमा स्थापित गर्न सफल युवालाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा कन्टेन्ट क्रिएटर स्वेता बुढाथोकी, वन्यजन्तु संरक्षक कृपेश कार्की, कराते खेलाडी कृपा चापागाई, जीवनरक्षा होम केयरका संस्थापक सीइओ डा.(सीआर)चेवनराज कार्की, गायिका रचना रिमाल, नवप्रवर्तन सविन बास्कोटा, गायक अशोक दर्जी, उद्यमी कृपा ढकाल, धार्मिक अभियन्ता हरिकृष्ण भण्डारी, पर्वतारोही जयराम दाहाल, फुटबलर अनन्त तामाङ, जलवायु अभियन्ता तनुजा पाण्डे, क्रिकेटर अंकित सुवेदी, राहुल/तेज/उत्सवको समूहलाई उनीहरुले बनाएको वाइफाई थिप डिटेक्टर नाम एप इजरायलको राउन्डस् एआई लिले १३ लाख रुपैयाँमा खरिद गरेको, कला /मोडलिङ मनिषा राजवंशीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी,लोकतन्त्र पोष्टका प्रधान सम्पादक मोहन काजी, सम्पादक अम्विका भण्डारी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले संयुक्त रुपमा सम्मान गरेका थिए । उनीहरुलाई सम्मानपत्रसहित खादा पहिर्याइएको थियो ।

सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरीको संयोजकत्वमा बनेको छनौट समितिले १ सय ५४ जना पौरखी युवाहरु मध्येबाट १५ जनालाई छनौट गर्दै वर्ष ९ अंक १ लोकतन्त्र पोष्ट म्यागेजिनको लोर्कापणसँगै सम्मान गरिएको थियो । छनौट समितिमा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष एवम् अधिवक्ता तारामणि सापकोटा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष अर्जुन राजवंशी, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राध्यापक मणिकुमार लिम्बू, मेची बहुमुखी क्याम्पसको लाईब्रेरीमा कार्यरत वरिष्ठ कर्मचारी एवम् पत्रकार पुजन आचार्यसहितको समावेशी सहभागिता रहेको संयोजक गिरीले बताए । ‘आफ्नै माटोमा पसिना बगाएर समृद्धिको सपना बुनिरहेका ‘गरिखाने हिरो’लाई चिनाउने उद्धेश्यले यो अभियान शुरु गरेका हौं’ लोकतन्त्र पोष्टका प्रधान सम्पादक मोहन काजी न्यौपानेले भने । ‘पौरखी जेन जी केवल एउटा म्यागजिन मात्र होइन, जेनजी पुस्ताले थालेको श्रम र उद्यमको आन्दोलनको दस्तावेज हो ’उनले थपे ।

पत्रिकाका सम्पादक अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश प्रधान सम्पादक काजीले गरेका थिए । पौरखी जेनजी छनौट समितिका संयोजक गिरीले सम्मानित पौरखी जेनजीहरुको नाम सार्वजनिक गरेका थिए । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले जेनजी पुस्तालाई नकरात्मक दृष्टिले नभएर परिवर्तनको संवाहकका रुपमा प्रस्तुत गर्नुपर्ने बताए । जेनजी आन्दोलनलाई परम्परागत रोजगारी खोज्ने पुस्ताबाट उद्यम, सिर्जना र प्रविधिमैत्री पुस्तातर्फको संक्रमणको प्रतीकको रुपमा रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गिरीसहित सम्मानित व्यत्तित्वको तर्फबाट स्वेता वुढाथोकी, डा.(सीआर)चेवनराज कार्की,पत्रिकाका कार्यकारी सम्पादक दामोदर ढुङ्गेललगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

IME
khanepani