काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट...

पुरा पढ्नुहाेस्

सरुवा विवादमा मुछिएका खानेपानी सचिवको सरुवा, सरुवा र थमौतिमा पैसा डुब्नेको रुवाबासी ???

सचिव साहले सरुवा प्रकरणमा करिव २ करोडभन्दा बढी आर्थिक लाभ लिएको अनुमान गरिएको छ । पैसा दिएर सरुवा भएकाहरुको सरुवा रद्ध हुनु पर्ने आवाज पनि उठ्न थालेको छ ।

6.93K
shares
khanepani bord

काठमाडौँ । सरकारले खानेपानी मन्त्रालयका सचिव रामआधार साहसहित दुई सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्रालयका सचिव साहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान तर्फ) सरुवा गरेको समाचार स्रोतले दावी गरेको छ । सोही निर्णयअनुसार विज्ञान मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी सहित केहि कार्यदेश दिइएको छ ।

मंसिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्रालयकी सचिव प्रमीला देवी बज्राचार्यलाई नेपाल ट्रस्ट कार्यालयमा सरुवा गर्दै नेपाल ट्रस्टबाट साहलाई खानेपानी मन्त्रालयमा ल्याएको थियो । साह दोहोर्‍याएर खानेपानी मन्त्रालयमा आएपछि त्यसबारे प्रशासनिक वृत्तमा विभिन्न चर्चा परिचर्चा भएका थिए । उनले मन्त्रालयमा हाजिर हुनु पूर्व नै विगतमा मतमतान्तर भएका खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठसँग सहमति गरेर भोलि पल्ट मन्त्रालयमा हाजिर गरेका थिए । सरुवा भएकै दिन सिंहदरवार छेउकै बसेरा होटलमा बसेर विभागका महानिर्देशक श्रेष्ठ र सचिव साहले कार्य योजना बनाएका थिए । उनले खानेपानीमा विबादित केहि सूईहरु र सिडिईहरुसँग तालमेल मिलाएर आर्थिक आर्जन गर्ने बाटो बनाउने प्रयास गरेपछि उनलाई खानेपानी मन्त्रालयमा ल्याउन प्रयास गर्ने खानेपानी मन्त्रालय र अन्तरगत कार्यरत सहसचिवहरुले सोहि दिनबाट एक आपसमा दुरी फराकिलो बनाएका थिए ।

उनको विगतमा खानेपानी मन्त्रालयमा देखिएको धुमिल छवि पछिल्लो ठक्करले सूधारीएको आकलन गरिएको भएपनि त्यो आकलन भन्दा फरक र पहिलेकै कार्यशैलिमा साह हिड्न थालेका थिए । खानेपानी मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा रहेको समयमा उनले सहसचिवसम्मको सरुवा लगाएतको कार्यदेश लिने प्रयास गरेका थिए । त्यो कार्यदेश मुख्यसचिव सुमनराज अर्याल, अर्थ सचिव डा. घनश्याम उपाध्याय, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ र आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद उपाध्यायको जोडबलमा रोकिएको थियो । कमलराज श्रेष्ठले चाँहि दोहोरो भुमिका निभाइरहेका थिए । त्यसको फाइदा श्रेष्ठले भने साहसँग लिन सफल भए ।

करिब एक साता पछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको कार्यभार दिइएको थियो । तर तीन साता नपुग्दै मन्त्री भण्डारीले उक्त जिम्मेवारी छोडेपछि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

यसबीच मन्त्री भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारी त्याग्नुका विभिन्न कारणमध्ये सचिव साहसँग सम्बन्धित प्रशासनिक जोखिम पनि एक कारण रहेको चर्चा प्रशासनिक वृत्तमा चल्दै आएको थियो । पूर्व एआईजीपीसमेत रहेका भण्डारीले साहलाई पहिलेबाट चिन्दै आएको र सम्भावित विवादको जोखिम देखेपछि जिम्मेवारीबाट पछि हटेको बताइन्छ ।

त्यसपछि जिम्मेवारी सम्हालेका मन्त्री परियारले तेस्रो दिनमा खानेपानी मन्त्रालयको पूर्व मन्त्री प्रदिप यादवले आर्थिक प्रभावमा परेर गरेका केहि निणर्यहरु सच्याउने काम गरेका थिए । मेलम्ची विकास समिति र आयोजना निर्देशनालयका भ्रष्टाचारी सहसचिवहरुको सरुवा गरेर सूधारको संकेत मन्त्री परियारले गर्ने प्रयास गरेका थिए । मन्त्रीले उक्त सरुवा सचिवको इच्छा विपरित पनि गरेका थिए । उक्त सरुवाका विषयमा सचिव साह र कमलराज श्रेष्ठ सहित लक्ष्मीप्रसाद उपाध्यायले केहि पेड अनलाइन पत्रिकाहरुमा समाचार समेत लेख्न लगाएका थिए । सचिव साहले सरुवा रोक्न भन्दै आयोजनाका प्रमुख लक्ष्मीसँग करिव २२ लाख बुझि सकेका थिए । मन्त्री भण्डारीसँग समेत कुरा मिलाएका श्रेष्ठ र उपाध्यायले यो बीचमा सरुवा रोक्ने प्रयास गरेका थिए । प्रधानमन्त्री कार्यालयबाटै मेलम्ची विकास समिति, आयोजना निर्देशनालय र विभागमा रहेका प्रमुखसहित केहि सिडिईहरुको समेत सरुवा गर्नु पर्ने आदेश रहेको थियो सोहि अनुसार १० जना सहसचिवहरुको सरुवा भएको थियो ।

सहसचिव सरुवा पश्चात् खानेपानी मन्त्रालयमा कर्मचारी सरुवाको सेटिङ शुरु भएको थियो । माघको पहिलो साता मात्रै सचिव साह र मन्त्री परियारको योजनामा निर्वाचन आचारसंहिताको समय नजिकिँदै गर्दा झण्डै १० जना कर्मचारीको हतार हतार थप सरुवा गरिएको थियो । ती सरुवामा अवकाश नजिकका कर्मचारीलाई मात्रै मिल्काइएको थिएन, विगतमा विवादमा परेका कर्मचारीको कामु थमौतीदेखि करार कर्मचारी भर्ना तथा योजना(परियोजनाका कर्मचारीहरुलाई समेत सरुवा गरिएको थियो ।

अवकाश नजिकका कर्मचारीको सरुवा रोक्न प्रशासकीय अदालतले दिएको अन्तरिम आदेशले पनि सचिव साह र मन्त्री परियारको सरुवाहरूको कानुनी वैधतामाथि प्रश्न उठाएको छ । सचिव साहले खानेपानी मातहतका कर्मचारीहरुसँग नयाँ बानेश्वरको एभ्रेष्ट होटल र बबरमहलको बसेरा होटलमा बसेर आर्थिक मोलमोलाई गरेका थिए । सोहि आर्थिक मोलमोलाईका आधारमा अधिकांशको ६ महिनामै सरुवा भएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापका कार्यालय प्रमुख, लम्जुङ खानेपानी कार्यालय प्रमुख, धनकुटा खानेपानी कार्यालयका प्रमुख श्रावणको अन्तिम हप्ता मात्र सरुवा भएका कार्यालय प्रमुख हुन । उनीहरुलाई कर्मचारी विनियम अनुसार २ बर्ष अगाडी सरुवा गर्न मिल्दैन । सचिव साहले मन्त्रालयमा सरुवा भएर आएका उत्सव पोखरेललाई इलामबाट मन्त्रालयमा आएको ६ महिनामै लम्जुङ कार्यालय प्रमुखमा सरुवा गरिदिएर आर्थिक लाभ लिएका थिए । यो सरुवामा सचिव साहलाई कार्यालयका कर्मचारीहरुसँगको सेटिङ विभागका महानिर्देशकले मिलाएको चर्चा पनि खानेपानी मन्त्रलयमा व्यापक चर्चा चल्ने गरेको छ ।

एउटै कार्यालयमा ८ बर्ष र ४ बर्ष बसेका सिडिईहरुसँग आर्थिक लाभ लिएर सचिवले सरुवा गर्न नमानेको खानेपानी मन्त्रालयका अधिकारीहरुको गुनासो नै रहेको थियो । खानेपानी कार्यालय पोखरा कार्यालयका कुल प्रसाद पौडेल, खानेपानी आयोजना पिआईडिका बिकेश, मधु, प्रभात र सुजताहरुको टिप्पणी नउठाउन सचिव साहले सहसचिवलाई मौखिक आदेश दिएका थिए । उनको आदेश विपरीत सहसचिव मन्त्री परियारसँग कुरा गर्न जादाँ मन्त्रीले सचिवले भने अनुसार गर्नुस भनेपछि उनी लुरुक्क फर्केर सचिवको आदेश मानेको सरोकारवालाहरुको तर्क रहेको छ । सचिव साहले सरुवा प्रकरणमा करिव २ करोडभन्दा बढी आर्थिक लाभ लिएको अनुमान गरिएको छ । पैसा दिएर सरुवा भएकाहरुको सरुवा रद्ध हुनु पर्ने आवाज पनि उठ्न थालेको छ ।

विभिन्न बेथिति र भ्रष्टाचारविरुद्ध उठेको ‘जेन जेड आन्दोलन’ पछि पनि उही शैलीका प्रशासनिक अभ्यास दोहोरिँदै गएपछि सरकारले थप आलोचना खेप्नुपर्ने अवस्था सिर्जना भएपछि साहको दुई महिनामै पुनः सरुवा गरिएको बताइन्छ ।

विगत केही दशकदेखि नयाँ सरकार गठनसँगै व्यापक कर्मचारी सरुवाबाट काम सुरु गर्ने प्रवृत्तिमाथि निरन्तर आलोचना हुँदै आएको छ । जेन जेड आन्दोलनपछि बनेको नागरिक सरकारसमेत उक्त परम्पराबाट अलग हुन नसकेको भन्दै निजामती प्रशासनभित्र चर्को असन्तुष्टि व्यक्त भइरहेको छ ।

यस्ता सरुवामा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्यसचिवसम्मको भूमिकालाई लिएर समेत प्रश्न उठ्ने उठ्दै आएका छन् । पछिल्लो समय स्वच्छ छविका रूपमा चित्रित प्रधानमन्त्री सुशीला कार्की र ज्येष्ठताका आधारमा स्वाभाविक प्रक्रियाबाट नियुक्त मुख्यसचिवसमेत सरुवा प्रणालीमा देखिएका विकृतिलाई रोक्न असफल देखिएको टिप्पणी निजामती क्षेत्रमा हुन थालेको छ ।

कतै यो समाचार पढ्न छुटाउनु भएको त छैन ?
खानेपानी मन्त्री परियार र सचिव साह भ्रष्टाचारी ठहर, बर्खास्त गर्न प्रधानमन्त्रीलाई दवाव (फैसलाको सूची)
कतै यो समाचार पढ्न छुटाउनु भएको त छैन ?
भ्रष्टाचारको दुनियाँमा रमाउने सचिव साहले सरुवमा मन्त्रीको नाम गरे बद्नाम
कतै यो समाचार पढ्न छुटाउनु भएको त छैन ?
दारु भट्टीमा सचिव साहले घुष खाएको अडियो, मन्त्री र प्रधानमन्त्रीको भयो बद्नाम
कतै यो समाचार पढ्न छुटाउनु भएको त छैन ?
जेनजी सरकारका मन्त्रीको बद्नाम गदै सचिव, यौनदुराचारी र भ्रष्टाचारीकै ढलीमुहाली ?
कतै यो समाचार पढ्न छुटाउनु भएको त छैन ?
मन्त्री परियार र सचिव साहविरुद्ध अनियमितता विरुद्ध सरुवा गरेको आरोपमा कर्मचारीहरुले हाल्दै मुद्धा

IME
khanepani