काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

हत्याको अभियोगमा संखुवासभाबाट एक जना पक्राउ

1.08K
shares
khanepani bord

संखुवासभा । चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लिला प्रसाद राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५९ वर्षीय शिव कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी वादविवादको क्रममा शिव कुमारले खुकुरी प्रहार गर्दा लिला प्रसादको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

IME
khanepani