निर्माण व्यवसायी महासंघको १३ औँ अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गर्न गराउन अपिल
वि.सं.२०८२ माघ १८ आइतवार १६:०९
shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिबेशन सर्वसम्मत रुपमा सम्पन्न गर्नका लागि सम्बन्धीत पक्षलाई आग्रह गरिएको छ । महासंघका पुर्व महासचिब तथा नेपाल निमार्ण उद्योग परिषद्का महासचिब राम शरण देउजाले सामाजिक सञ्जाल मार्फत सो आग्रह गरेका छन ।
उनले सामाजिक सञ्जाल मार्फत सवै निर्माण व्यवसायीलाई सम्बोधन गरि आसन्न १३ औं अधिबेशन यही माघ १५ गते डाकिएकोमा निर्वाचन आचार सहिताको कारण देखाउदै स्थगीत भएपछि अब महासंघको नयाँ नेतृत्व सर्वसम्मतबाट चयन गर्न आह्वान गरेको बताएका छन् । उनले महासंघका पूर्व अध्यक्षहरू, प्रदेश महासंघका अध्यक्षहरु, जिल्ला निर्माण व्यवसायी संघका अध्यक्षहरु तथा साधारण सभा प्रतिनिधिहरुलाई समेत सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने बारे आबश्यक कदम अगाडी बढाउन समेत आग्रह गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्छन,‘नेपाल निर्माण व्यवसायी महासंघ नेपाली निर्माण व्यवसायीहरूको साझा आस्था, विश्वास र पहिचानको केन्द्र हो। देशको पूर्वाधार विकास, रोजगारी सिर्जना, आर्थिक समृद्धि तथा निर्माण व्यवसायीहरूको हक–हित संरक्षणमा महासंघको भूमिका ऐतिहासिक र निर्णायक रहँदै आएको छ। यही भूमिकालाई अझ सशक्त, विश्वसनीय र प्रभावकारी बनाउँदै राष्ट्र निर्माणमा अग्रसर गराउनु आजको अनिवार्य आवश्यकता हो।’
उनले पछिल्लो केही समययता महासंघभित्र देखिएका गुट–उपगुट, आपसी अविश्वास, असहमति र विरोधाभासपूर्ण कार्यशैलीका कारण संस्था अपेक्षित रूपमा संस्थागत हुन नसकेको बताउदै सबैले आत्मसात् गरि महासंघको गरिमा जोगाउन सर्वसम्मत नेतृत्व चयन गर्नुको विकल्प समेत नभएको बताएका छन् । यसको प्रत्यक्ष नकारात्मक असर ७७ जिल्लामा क्रियाशील जिल्ला संघ, ७ वटै प्रदेश महासंघ तथा तिनसँग आबद्ध हजारौँ निर्माण व्यवसायीहरूले भोग्नुपरेको तथ्य कसैबाट नलुकेको समेत उनदे बताएका छन् ।
यस्तो संवेदनशील घडीमा महासंघको दीर्घकालीन हित, व्यवसायिक एकता र निर्माण व्यवसायीहरूको समग्र संरक्षणका लागि आगामी कार्यसमिति निर्वाचन प्रतिस्पर्धाबाट होइन, सर्वसम्मत रूपमा गठन गरिनु नै आजको सबैभन्दा व्यवहारिक, जिम्मेवार र अपरिहार्य विकल्प हो भन्ने मान्यतामा हामी सबै दृढ, विश्वस्त र प्रतिबद्ध हुन जरुरी रहेको समेत उनले उल्लेख गरेका छन् । उनले महासंघलाई पुनः एकताबद्ध गर्दै ठोस उपलब्धि हासिल गर्नकालागि सर्वसम्मत कार्यसमिति गठनको विकल्प नभएको र हुनु पनि हुँदैन भन्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन् ।
उनले महासंघको निर्वाचन सर्वसम्मत गर्न निम्न ८ बुँदे दृष्टीकोण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
१) महासंघलाई गुट–उपगुटबाट मुक्त गरी सबैको साझा स्वामित्व भएको संस्था बनाउन ।
२) साझा सहमतिमा आधारित कार्यसूचीलाई प्राथमिकता दिँदै व्यवसाय तथा व्यवसायीमैत्री कानुन, नीति र नियम निर्माण गर्न ।
३) सरकारसँग नियमित संवाद र प्रभावकारी पैरवीमार्फत नीतिगत सुधार र समाधान निकाल्न ।
४) प्रदेश तथा जिल्ला संघहरूको संस्थागत सुदृढीकरण गर्न ।
५) ठेक्का व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाई सबै व्यवसायीलाई कामको समान अवसर सुनिश्चित गर्न ।
६) कार्यसमितिभित्र एकता कायम गर्दै कार्यगत एकतालाई प्राथमिकता दिई महासंघको गरिमा र मर्यादा जोगाउन ।
७) महासंघका सबै निर्णय, गतिविधि र आर्थिक कारोबार पारदर्शी, सहभागितामूलक र उत्तरदायी बनाउन ।
८) साना, मझौला तथा ठूला सबै निर्माण व्यवसायीको हक–हित, सम्मान र संरक्षणका लागि महासंघलाई अझ प्रभावकारी बनाउने ।

























