काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

केयूकेएलको बार्षिक उत्सव सौदाबाजी समितिले गर्ने बहिस्कार, जम्मो टोलीलाई विदेश भ्रमण रोक्न दवाव

4.88K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का सिइओ अशोककुमार पौडेललाई सामुहिक सोदाबाजी समितिले गम्भीर आरोप लगाउदै चेतवानी दिएको छ ।

यूनियनले यहि फाल्गुण १ गते हुने केयूकेएलको बार्षिक उत्सवका कुनै पनि गतिविधिमा सामेल हुन नसक्ने र विगत बर्षकै आफ्ना असहमति कायम नै रहेको भन्दै पत्रचार गरेको छ । उक्त पत्रको बोधार्थ संचालक समितिलाई समेत दिएको छ । सञ्चालक समितिमा खानेपानी मन्त्रालयको तर्फबाट प्रतिनिधि सदस्य खानेपानी विभागका महाभ्रष्ट सहसचिव कमलराज श्रेष्ठ छन । उनी केयुकेएलको हरेक भ्रष्टाचारका फाइलमा जोडिदै आएका कारण सिइओ पौडेल उनकै सरक्षकमा पालित पोशित भएको संचालक समितिका सदस्यहरुले नै बताउने गरेका छन ।

सिइओ पौडेलको एविसिले गरेको कार्यसम्पादन मुल्याकन संचालक समितिलाई बुझाएको महिनौ हुदाँ समेत भ्रष्ट श्रेष्ठको दवावमा अगाडि बढ्न सकेको छैन । शाखाबाट काम नगरिकनै उठेका बीलहरुको भुक्तानीमा श्रेष्ठको अनावश्यक चासो रहने गरेको पनि केहि सञ्चालकहरुले असन्तोष व्यक्त गरेका छन । एक सदस्यले नेपाली जनतासँगको कुराकानीमा खानेपानी मन्त्रालयका सहसचिव नै केयूकेएलको गतिविधिमा हस्तक्षेपकारी भुमिका निभाउने गरेका कारण संचालक समितिको बैठकमा जानै मन नलाग्ने गरेको बताएका छन ।

भ्रष्ट छविका श्रेष्ठले कमुक शाखाका अमुक वील पास गरेर भुक्तानी गराएबापतको हिस्सा लिने गरेको पनि शाखा स्रोतले दावी गरेको छ ।
केयुकेएलबाट जाइकाको व्यापार भ्रमणमा केन्द्रिय कार्यालयका ६ तहदेखि १० तहसम्मका प्रशासन, लेखा र प्राविधिक कर्मचारीहरुको १६ जनाको जथ्था श्रीलंका जाने तयारी गरेको भन्दै केयूकेएलको सामुहिक सौदाबाजी समितिले सिइओ, संचालक समिति र खानेपानी मन्त्रालयको ध्यानर्षण गराएको छ ।

IME
khanepani