काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग फागुन २१ को निर्वाचित केन्द्रित भर्चुअल छलफल

3.04K
shares
khanepani bord

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले छलफल गरको छ ।

गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा जिल्लागत शान्ति सुरक्षाको अवस्था, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको परिपालना तथा मतदान स्थलमा खटिने सुरक्षाकर्मी, कर्मचारी र आवश्यक बन्दोबस्तका सामान एवं मतपेटिका ढुवानी व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा सीमा नाकामा उच्च निगरानी राख्ने, छिमेकी मुलुकका समकक्षीसँग समन्वय गर्ने, र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्दै धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव कायम राख्ने विषयमा विशेष जोड दिइएको छ ।

मन्त्रालयका महाशाखा प्रमुखहरू तथा विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको उक्त बैठकले चाडपर्वका समयमा उच्च सुरक्षा सतर्कता अपनाउन र जिल्ला सुरक्षा समितिलाई दिइएका निर्देशनहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशित गरेको छ ।

IME
khanepani