यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रम चल्न सक्दैन : स्वास्थ्यमन्त्री
वि.सं.२०८२ माघ २१ बुधवार १७:१७
shares

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताएकी छन् ।
बुधबार स्वास्थ्य बीमा सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
मन्त्री गौतमले स्वास्थ्य विमा कार्यक्रमलाई सहज रुपमा अघि बढाउनका लागि आफूले सुधारका कार्यक्रम अघि सारेको तर त्यसमा सरोकारवाला मन्त्रालयहरुले साथ नदिएको गुनासो पनि गरिन् ।
नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने भनेर भनेकाले सरकारले ९८ वटा औषधि निशुल्क वितरण गर्ने व्यवस्था गरेको भएपनि विद्यमान विमा स्वास्थ्य कार्यक्रमले त्यसमा पनि उल्झन गरेकाले आफूहरुले त्यसलाई हटाउने गरी कानूनी व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गर्दा पनि सरोकारवाला मन्त्रालयहरुले सहयोग नगरेको मन्त्री गौतमको भनाइ थियो ।

























