काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको...

पुरा पढ्नुहाेस्

जसपा नेपाल मधेश प्रदेशका कोषाध्यक्ष विष्णु कुमार साहले दिए राजीनामा

507
shares
khanepani bord

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा नेपाल) मधेश प्रदेशका कोषाध्यक्ष विष्णु कुमार साहले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले मधेश प्रदेश अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमा साहले पार्टीमा रहँदा विभिन्न समिति तथा जिम्मेवारीमा काम गर्ने अवसर पाएको उल्लेख गर्दै पार्टी नेतृत्व, पदाधिकारी तथा सदस्यहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनले सोही मितिदेखि पार्टी सदस्य नरहने निर्णय गरेको जनाएका छन्।

साथै, साहले आफ्नो कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण पार्टी पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद दिँदै पार्टीको उज्ज्वल भविष्यको कामना गरेका छन्। यसपछि साह कुन पार्टीमा जाने भने खुलाएका छैन ।

IME
khanepani