काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

प्रत्यक्षतर्फका ७२ लाख ६० हजार मतपत्र छपाई सम्पन्न

832
shares
khanepani bord

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ७२ लाख ६० हजार मतपत्र छपाइ भएको छ ।

निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा हाल सम्म ७२ लाख ६० हजार छपाई गरेर ५ हजार ८२५ बाकस प्याकिङ्ग भई सकेको छ । आयोगले डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकूम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाई तथा प्याकिङ्ग सम्पन्न भई सकेको जानकारी दिएको छ ।

आयोगले ६० निर्वाचन क्षेत्रको छपाई सम्पन्न भइसकेको जानकारी दिदै प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ हुने जानकारी दिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरिसकिएको छ ।

त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

IME
khanepani