काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

बैतडीमा जन्ती बोकेको बस दुर्घटना,८ जनाको मृत्यु

1.53K
shares
khanepani bord

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।

‘दुर्घटना भएको जानकारी पाएपछि पुर्चाैडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ, स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्, १५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ, अन्य विवरण आएको छैन,’ डीएसपी रायले भने ।

दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा बझाङको बित्थडचिर-७ का ४० बर्षिय केशब राज जोशी, १३ बर्षिय अशोक राज जोशी, ३५ बर्षिय बसन्त जोशी, ४१ बर्षिय बिष्णु दत्त जोशी, ४२ बर्षिय नरेश राज जोशी, बझाङको केदारस्यू गाउँपालिकाका ६० बर्षिय मोहन देव भट्ट, जयपृथ्वी नगरपालिका-७ का ४० बर्षिय बसन्त राज रतला र बैतडीको पुर्चौडी-७ बस्ने ४० बर्षिय पुष्पा अवस्थी रहेको प्रहरीले जानकारी दिएको छ ।

सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो । प्रहरी टोली खटिएको र स्थानीयवासीको सहयोगमा १८ महिला र २७ पुरुषको उद्धार गरेर स्वास्थ्य चौकी कोटिला पुर्याइएको थियो ।

जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बुझिएको छ । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । अहिले उद्धारको काम चलिरहेको छ ।

IME
khanepani