काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपमा मनाइने

1.47K
shares
khanepani bord

काठमाडौँ । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपमा मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।

विहिबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति पनि गठन गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरु, काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य रहेका छन् । गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य-सचिव रहेका छन् ।

निर्णयअनुसार तीन दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा गरिनेछ ।

बैठकमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ हाम्रा लागि एकदमै महत्त्वपूर्ण रहेको बताउदै सबै आन्दोलन र नेपाली जनताले गरेको बलिदानी र त्यसबाट भएका उपलब्धिको प्रतीक यो दिन भएको बताएकी थिइन् ।

उनले भनिन्- ‘देशमा पछिल्लो समय केही सकारात्मक परिवर्तन देखिन थालेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको छ । देशमा अलिकति परिवर्तन आएको छ । हरेक ठाउँमा नयाँ युवाहरुलाई ठाउँ दिनुपर्ने भावना आएको छ मुलुकमा । यही भावनाबाट प्रजातन्त्र फस्टाउँछ र विकसित हुन्छ । यो दिन एकै प्रयासमा सम्भव भएको होइन । हाम्रो समाज सधैँ आन्दोलित नै रह्यो । गत भदौ २३ र २४ मा त झन् यति ठूलो भेल आयो कि, साइक्लोनजस्तै आयो ।’

उनले लोकतन्त्र स्थापित गर्ने मात्र होइन, लोकतन्त्रको बाटोमा हामी हिँड्नुपर्‍यो भन्दै देश लोकतन्त्रको बाटोमा जानुपर्ने बताएकी थिइन् । उनले अगाडी भनिन्- २००७ सालदेखि जेनजी आन्दोलन कतिले ज्यान गुमाउनुपर्‍यो ? कतिपटक आन्दोलन गर्नुपर्‍यो ? त्यसको स्मरण गरौँ । ती सहिदहरुको सम्मान गरौँ । तिनको बलिदानीलाई सम्झौँ र उहाँहरुको सपनालाई वास्तवमै साकार पार्न लागौँ । एउटा प्रण गरौँ, अठोट गरौँ- आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपरोस् । प्रत्येक देशवासीले शान्तिसँग बाँच्न पाऊन् । अबको बाटो शान्तितिर होस् । शान्ति भए मात्र देशमा विकास हुन्छ । सबै जातजाति, धर्म, संस्कृति, वर्ग र समुदायबीच एकता र सहयोगको भावना होस् ।’

IME
khanepani