काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

वरिष्ठ अभिनेता सुनिल थापाको निधन

1.6K
shares
khanepani bord

काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको निधन भएको छ । शनिबार बिहान थापाथलीस्थित नर्भीक अस्पतालमा उपचारका क्रममा थापाको निधन भएको हो । उनको स्वास्थ्यमा समस्या आएपछि थापालाई अस्पताल लागिएको थियो ।

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले थापाको निधनले स्तब्ध भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ । कला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ । भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस् ।’

नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काँइला’ उपनामले चर्चित थिए । विस २०१४ जेष्ठ ६ गते जन्मिएका थापाले बलिउड तथा भोजपुरी फिल्ममा पनि अभिनय गरेका थिए । आफ्नो सुरुवाती दिनहरूमा खेलकुदमा पनि संलग्न थापा आईसीएल क्लब बम्बई र ओर्के स्पोर्ट्स क्लबका लागि एक पेशेवर फुटबल खेलाडी पनि थिए ।

IME
khanepani