काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने

1.35K
shares
khanepani bord

काठमाडौँ । शनिबार निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाले शनिबार साँझ कलाकर्मीको विभिन्न संघ संस्थाको छलफलबाट अन्तिम श्रद्धाञ्जलीका लागि विकास बोर्डमा राखिने तय भएको बताए ।

बोर्डमा श्रद्धाञ्जलीमा राख्नु अघि शवलाई पोस्टमार्टम गरिनेछ । ‘परिवारका सदस्यले शव पोस्टमार्टम गर्नुपर्ने बताएका छन्’, अध्यक्ष निरौलाले भने ‘पोस्टमार्टमपछि मात्र बोर्डमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।’

६८ वर्षीया थापाको हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले बलिउड र नेपाली गरेर ३ सय बढी फिल्म अभिनय गरेका छन् ।

नेपाली चलचित्रमा ‘खलनायक’को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित थिए । उनले यो परिचय फिल्म ‘चिनो’ फिल्म अभिनयबाट बनाएका थिए । थापा नेपाल एक्लै बस्दै आएका थिए भने परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।

IME
khanepani