काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

राप्रपाले झापाबाट काठमाडौँ फर्कँदा पूर्वराजाको भव्य स्वागत गर्ने, तीन नेताको यस्तो अपिल

1.31K
shares
khanepani bord

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ फर्कँदा भव्य स्वागत गर्ने भएको छ । पारिवारिक भेटघाटक्रममा झापा पुगेको पूर्वराजा शाह फागुन १ गते काठमाडौँ फर्कदैँ छन् । राप्रपाका तीन नेताले पूर्वराजाको स्वागतमा जुट्न आग्रह गरेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजा काठमाडौँ फर्कँदा स्वागतमा उत्रिन आह्वान गरेका छन् । उनले भनेका छन्, ‘हामी फागुन १ गते राजालाई काठमाडौँ विमानस्थलमा भव्य स्वागत गर्नेछौँ, निषेधको राजनीति अन्त्यका लागि देशभक्त, राष्ट्रवादी शक्तिहरु एकजुट बनौँ ।’

यस्तै राप्रपाका वरिष्ठ नेता धवल शमशेर राणाले पनि पनि पूर्वराजाको काठमाडौँमा भव्य स्वागत गर्न अपिल गरेका छन् । उनले भनेका छन्, ‘फागुन १ गते श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेव सरकार झापाबाट हुने फिर्ति सवारीलाई सभ्य र भव्य बनाउन सम्पूर्ण राजभक्त, देशभक्तहरु एक भएर सरकारको स्वागतार्थ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थाल पुगौँ । सरकारलाई तेस्रो पटक राज्यारोहण गराउन एकजुट हौँ ।’

यस्तै, राप्रपाका नेता रवीन्द्र मिश्रले पनि राप्रपा तथा राजसंस्थावादीहरूलाई आग्रह गर्दै फागुन १ गते काठमडौँ विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागतका लागि अपिल गरेका छन् ।

उनले लेखेका छन्, ‘राजालाई फागुन १ गते काठमाडौँ विमानस्थलमा भव्य–भव्य–भव्य स्वागत गरौँ, देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेका छन् । यो एकदम सकारात्मक संकेत हो । राजस्थावादी आमसर्वसाधारण त उपस्थित हुने नै छन् । तर फागुन १ गते उपत्यका वरिपरी र अझ सकिन्छ भने देशभरका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरू सबै एकदिनका लागि काठमाडौँ उपस्थित भइदिए, स्वागत ऐतिहासिक हुने थियो।’

उनले देश नवीन समझदारीतिर अग्रसर हुने संकेत मिल्न थालेको उल्लेख गरेका छन् ।

IME
khanepani