काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

ओखलढुङ्गामा वृद्ध दम्पति हत्यामा संलग्न दुई जना पक्राउ

1.66K
shares
khanepani bord

काठमाडौँ । ओखलढुङ्गामा यहि माघ १२ गते राति वृद्ध दम्पत्ती हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका- ६ बोहोरेस्थित अन्दाजी वर्ष ८१ का चन्द्र बिक्रम राई र निजको श्रीमती अन्दाजी वर्ष ८० की चन्द्र माया राईको हत्यामा संलग्न रहेको आरोपमा ओखलढुङ्गाकै ३४ बर्षिय धनबहादुर राना र १७ बर्षिय एक जना बालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँबाट पक्राउ गरेको हो ।

ब्यूरोले लुटपाट गर्ने योजना बनाई अर्को अभियुक्तसंग काठमाडौंदेखि घटना स्थल गई हत्या तथा लुटपाटमा संलग्न भई लुटपाट गरिएका दसी प्रमाणका सामानहरू प्रयोग तथा व्यवस्थापन गरेको बताएको छ ।

प्रहरीले हत्यामा प्रयोग भएको कोदालो, प्रतिवादीको डेरा कोठाबाट मृतक चन्द्रमाया राईले प्रयोग गर्ने गरेको मोवाईल, प्रतिवादीहरूले घटनाको क्रममा प्रयोग गरेको २ थान मोवाईललगायतका समान बरामद गरेको जनाएको छ ।

IME
khanepani