काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

लाइसेन्स वितरणमा अनियमितता गरेको आरोपमा सात जनाविरुद्ध मुद्धा दायर

2.89K
shares
khanepani bord

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटासमेत ७ जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दाह दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमतिपत्र वितरणमा अस्वाभाविक रुपमा धेरै परीक्षार्थी सहभागी गराएर अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटा, तत्कालीन मेकानिकल सुपरभाइजर शम्भु दाहाल, तत्कालीन नायब सुब्बा धनसिहं थापा, तत्कालीन कम्प्युटर अपरेटर जागेश्वर थारु र तत्कालीन खरिदार मिलन बुढथापाविरुद्ध मुद्धा दायर गर्दै कानुन अनुसार कारवाहीको माग गरेको छ ।

IME
khanepani