जापानमा सत्तारुढ एलडीपीलाई दुई तिहाई बहुमत, विश्वयुद्धपछिकै ऐतिहासिक विजय
वि.सं.२०८२ माघ २६ सोमवार १०:४५
shares

काठमाडौँ । जापानमा आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री सनाई तकाइचीको लिबरल टेमोक्रेटिक पार्टी (एलडीपी)को गठबन्धनले दुई तिहाई बहुमत पाएको छ ।
सत्तारुढ एलडीपीले ४ सय ६५ सदस्यीय संसदमा ३ सय ५२ सीट जितेको हो । यसलाई जापानमा ऐतिहासिक विजय मानिएको छ ।
अघिल्लो निर्वाचनमा सामान्य बहुमत समेत ल्याउन नसकेर मिलिजुली सरकार चलाइरहेको लिबरलले यो निर्वाचनमा एक्लैले दुई तिहाइ प्राप्त गरेको हो ।
एउटै पार्टीले दुई तिहाइ प्राप्त गरेको दोश्रो विश्वयुद्दपछि पहिलो हो ।


























