काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

बेलायती सेनाका मेजर जनरल नेतृत्वको प्रतिनिधिमण्डलद्वारा राष्ट्रपतिसँग भेटघाट

1.38K
shares
khanepani bord

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाका मेजर जनरल गेराल्ड स्ट्रिकल्यान्ड र डेभिड जे रोविन्सन लगायतको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन् । सोमबार सो प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटघाट गरेको हो ।
नेपालका लागि बेलायतका राजदूत समेतको उपस्थिति रहेको सो कार्यक्रममा मेजर जनरल स्ट्रिकल्यान्डले ‘ब्रिगेड अफ गुर्खाज’ को सन् २०२५ को वार्षिक प्रतिवेदन समेत पेस गरेका थिए ।

सो अवसरमा दुई देशबिच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा समेत कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।

IME
khanepani