काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

विमानस्थलबाहिर पूर्वराजालाई भव्य स्वागत, स्थिति सामान्य

1.29K
shares
khanepani bord

काठमाडौं । झापाबाट हेलिकप्टरमार्फत् काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

राप्रपा लगायत राजावादीहरुको भिडले भरिएको त्रिभुवन विमानस्थल परिसरमा काठमाडौं जिल्ला प्रशासनले आज विहानैदेखि विषेधाज्ञा जारी गरेको थियो । तर, प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै राजावादीहरूले पूर्वराजालाई स्वागत गर्यो ।

पूर्वराजालाई स्वागत गर्न सामाजिक अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमेत विमानस्थल पुगेका थिए ।

स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुन सक्ने आशङ्कामा स्थानीय प्रशासनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवास सम्म २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरेको थियो ।

तर पूर्वराजाको स्वागतका लागि जम्मा भएको भिडलाई प्रहरीले कुनै दक्खल दिएन । स्वागतका लागि जम्मा भएकाहरूले राजसंस्थाको पक्षमा नारावाजी गर्दै पूर्वराजालाई निर्मल निवाससम्म साथ दियो ।
स्वागतमा जम्मा भएकाहरूमध्ये धेरैजसोले राष्ट्रिय झण्डा बोकेका थिए । पूर्वराजाले कारको सनरुफबाट समर्थकहरुलाई हात हल्लाएर अभिवादन गरे ।

IME
khanepani