काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द

सुरक्षा जोखिमको कारण देखाउँदै अरनिको यातायातले काठमाडौं खुर्कोट हुँदै मन्थलीसम्म चल्ने बस सेवा अनिश्चितकालका लागि बन्द गरेको हो ।

1.65K
shares
khanepani bord

काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको यातायात सेवा प्रा.लि.ले काठमाडौं खुर्कोट हुँदै रामेछापको मन्थलीको बाटो प्रयोग गरी सञ्चालन हुने आफ्ना सम्पूर्ण क्युका बस सेवाहरू अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।

सुरक्षा जोखिमको कारण देखाउँदै अरनिको यातायातले काठमाडौं खुर्कोट हुँदै मन्थलीसम्म चल्ने बसको सेवा अनिश्चितकालका लागि बन्द गरेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै गत मंगलबार रामेछापको मन्थली नगरपालिका–६ मसानटारमा भएको दुर्घटनाका कारण अर्को सूचना नआएसम्म क्यूमा चल्ने बससेवा स्थगित गरिएको जनाएको छ । सुरक्षाको कारण देखाउँदै अरनिको यातायातले सेवा स्थगित गरेको जनाएको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल अरनिको यातायात सेवा प्रा.लि. अन्तर्गत काठमाण्डौं खुर्कोट हुँदै मन्थलीको बाटो प्रयोग गरि सञ्चालन हुने सम्पूर्ण क्यूका बसहरु सुरक्षा जोखिम (रामेछाप मन्थली न.पा.–६ मसानटार) दुर्घटनाका कारणले अर्को सूचना नआए सम्मको लागि हाललाई क्यूहरु स्थगित गरिएको ब्यहोरा सम्बद्ध सम्पूर्ण ब्यवसायी, मजदुर, कर्मचारीहरुमा जानकारीको लागि आदेशानुसार सूचित गरिन्छ ।’

गत मंगलबार रामेछापको मन्थलीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

IME
khanepani