काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

राप्रपा हट्यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट, अब ‘पृथ्वी पथ’

2.52K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट पछि हटेको छ। यसअघि राप्रपाले राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा उठाउँदै आएको थियो।

तर, आज अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विषय उल्लेख छैन। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विषयमा घोषणापत्र मौन रहेको बताए।

राप्रपाले शासकीय स्वरूपमा अभिभावकीय संस्थाको रूपमा राजसंस्था, वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र गैरदलीय स्थानीय तहको एजेन्डा अघि सारेको छ।

राप्रपाले घोषणापत्रमा अबको गन्तव्यको रुपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल पृथ्वी पथ’ लाई राखेको छ ।

IME
khanepani