काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

टी–२० विश्वकप : नेपाल वेस्टइन्डिजसँग ९ विकेटले पराजित

1.14K
shares
khanepani bord

काठमाडौं । टी–२० विश्वकपमा नेपाल वेस्टइन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ ।

आज मुम्बई स्थित वानखेड स्टेडियममा नेपालले दिएको १३४ रनको लक्ष्य वेष्टइन्डिजले १५.२ ओभरमा १ विकेटको क्षति पुरा गरेको थियो ।

नेपाल आज वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ। जारी विश्वकपमा सुपर एटबाट बाहिरिने नेपाल दोस्रो टोली बनेको छ। यसअघि समुह बी बाट ओमान सुपर एट दौडबाट बाहिरिसकेको छ।

नेपाललाई हराएपछि वेष्ट इण्डिज एक खेल अगावै सुपर एटमा पुगेको छ। जारी विश्वकपमा सुपर एटमा वेष्ट इण्डिज पहिलो टोली बनेको छ।

अब मंगलबार स्कटल्याण्ड विरुद्ध हुने अन्तिम खेलमा नेपालका लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।

समूह सी रहेको वेष्ट इण्डिज तीन खेलमा अपराजित रहेर ६ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदै सुपर एटमा पुगेको हो। समूह बी बाट अब इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली सुपर ८ को दौडमा छन्।

१ सय १ सय ३४ रनको लक्ष्य वेष्ट इण्डिजले १५।२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। वेष्ट इण्डिजका ओपनर ब्राण्डोन किंग २२ रनमा नन्दन यादवको बलमा कुशश भुर्तेलको हातबाट क्याच आउट भए। कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित रहे।

मुम्बइको वानखेडे स्टेडियममा त्यसअघि वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको हो।

दीपेन्द्र र सोमपाल कामीले सातौ विकेटका लागि ५४ रनको साझेदारी गरेपछि नेपालीले एक सय रनको आकँडा पार गरेको थियो।

दिपेन्द्रले बनाएको ५८ रन नै नेपाली टोलीका लागि सर्वाधिक रह्यो। ४७ बलमा ३ चौका र ३ छक्का सहयोगमा ५८ रन बनाएका दिपेन्द्र जेसन होल्डरको बलमा क्याच आउट हुन पुगे।

दिपेन्द्रले ४४ बलमा ३ चौका २ छक्का सहयोगमा असहयोगमा अर्धशतक पूरा गरे। नेपाली टोलीका लागि दिपेन्द्रको यो ११ औँ अर्धशतक हो। जारी विश्वकपमा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो।

समग्रमा नेपालका लागि यो विश्वकपमा यो दोस्रो अर्धशतक हो। सन् २०१४ को विश्वकपमा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका थिए। सोमपाल कामी २६ रनमा अविजित रहे। उनले उनले १५ बलमा ४ चौका प्रहार गरे।

१५ ओभरमा ७३र६ को अवस्थाबाट दीपेन्द्र र सोमपालले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। नेपालले १७।४ ओभरमा ६ विकेट गुमाउँदा १ सय रन पूरा गरेको थियो।

नेपालीको शीर्षक्रमका फेरि एकपटक असफल भएको छ। नेपाल ४।१ ओभरमा १७र३ को अवस्थामा थियो। पावर प्लेमा नेपालले ३ विकेटको क्षतिमा २२ रन बनाएको थियो।

लोकेश बम १५ बलमा २ चौका मद्दतमा १३ रनमा क्याच आउट भए। गुलशन झा ११ रन बनाउँला रोष्टन चेसको बलमा बोल्ड भए। अरिफ शेख ८ बलमा २ रन बनाउँदा जेसन होल्डरको बलमा क्याच आउट भए।

ओपनर कुशल भुर्तेल ३ बलमा १ रन बनाउँदा अकिल हुसेनको बलमा बोल्ड आउट भए। आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा जेसन होल्डरको बलमा क्कयाच आउट भए।

कप्तान रोहित पौडेल ७ बलमा १ चौका सहयोगमा ५ रन बनाउँदा म्याथु फोर्डको बलमा एलबीडब्लु धरापमा परे।
करण केसी १ रनमा आउट भए।

वेष्ट इण्डिजका लागि जेसन होल्डरले ४, अकिल हुसेन, म्याथु फोर्ड, समर जोसेप र रोष्टन चेसले समान १ विकेट लिए।

IME
khanepani