रास्वपाद्वारा नागरिक करारपत्र सार्वजनिक
वि.सं.२०८२ फागुन ३ आइतवार १६:०३
shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक करारपत्र सार्वजनिक गरेको छ । रास्वपाले आफ्नो पार्टीको प्राथमिकता, वर्तमान अवस्था र पार्टीको लक्ष्यसहितका बुँदाहरू पेश गर्दै आइतबार करारपत्र सार्वजनिक गरेको हो ।
सदाचार र असल शासन, मध्यमवर्गीय विस्तार, काम, काम र काम, कनेक्टिभिटी र प्रवास गरी पाँचवटा बुँदामा आफ्नो लक्ष्य प्रष्ट्याई करारपत्र सार्वजनिक गरेको हो । पार्टीले बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय सहितको उदार अर्थनीति सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशीता, सनातन सभ्यताको सम्मान, धार्मिक–सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध डायस्पोराको सामर्थ्य र सौम्य शक्तिको विस्तार गरी सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुग्ण राख्ने जनाएको छ ।
यस्तो छ करारपत्र



























