काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

बैंकिङ प्रणालीमा तरलता कायमै, आज ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

1.3K
shares
khanepani bord

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता र व्याजदर व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ तान्न लागेको छ ।

राष्ट्र बैंकले फागुन ५ गते फेरि निक्षेप संकलनमार्फत बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ ।

यसका लागि निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ८९ दिने निक्षेप संकलन उपकरणको २०८३ साल जेठ ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

IME
khanepani