काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

नेपाल भारत एसँग ७ विकेटले पराजित

1.43K
shares
khanepani bord

काठमाडौं । आज टेर्डवथार्ड क्रिकेट मैदानमा भएको थाइल्याण्ड डीपी वल्र्ड महिला एशिया कप राइजिङ स्टार्स २०२६ मा नेपाल भारतएसँग ७ विकेटले पराजित भएको छ । यो नेपालको लगातार तेस्रो हार हो ।

समूह एमा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान एसँग ३० रनले पराजित भएको थियो भने दोस्रो खेल युएईसँग १८ रनले पराजित भएको थियो ।

मंगलबारको खेलमा भारतले नेपालमाथि प्रस्तुत गरेको ७९ रनको लक्ष्य ७.५ ओभरमा ३ विकेटको क्षति पछ्यायो । टोलीको जितमा ओपनर वृन्दा दिनेशले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले १८ बलमा ९ चौका प्रकार गरेकी थिइन् ।

यस्तै तेजल सहानिसबले १८ रन तथा अनुष्का शर्माले १० रन बनाउन सफल भए । नेपालका लागि मनिषा उपाध्याय, अनु कडायत र सीता रानामगरले एक एक विकेट हात पारे ।

नेपालको पहिलो ब्याटिङ नै निराशाजनक थियो । त्यसपछि ओपनर सम्झना कुमारीले सर्वाधिक २२ रनको योगदान दिइन् । उनले १६ बलमा ४ चौका हानिन् ।

यस्तै विकेटकिपर रुवी पोद्दार र कविता जोशीले समान १२–१२ रन बनाए । बिन्दु रावलले ११ तथा कप्तान पुजा महतोले १० र्न बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतकी तनुजा कनवरले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिइन् भने मिन्नु मानीले ३ तथा राधा यादवले २ विकेट हात पारिन् ।

IME
khanepani