आज पनि घट्यो सुनको मूल्य
वि.सं.२०८२ फागुन ५ मंगलवार ११:१८
shares

काठमाडौं । नेपाली बजारमा आन पनि सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९०० रुपैयाँका दरले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी तोलाको ४ हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

























