काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

दिउँसो ३ बजे ओलीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

1.17K
shares
khanepani bord

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने भएका छन् । निर्वाचन प्रचारका क्रममा रहेका झापा– ५ का उम्मेदवार ओलीले मंगलबार दिउँसो ३ बजे दमक–९ स्थित अमरसिंह चौकमा प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन्।

ओलीले सार्वजनिक गर्ने प्रतिपद्धतापत्रमा चुनावी परिणामपछि आफूले यस क्षेत्रमा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिएका छन् । प्रतिबद्धता पत्रमा नेपालमा कम्यूनिष्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी, सरकारले थालेका तर अपुरा रहेका योजनाहरूको विस्तृत विवरण समेटिएको छ ।

झापाको अमरसिंह चौकमा आयोजना गरिएको चुनाव प्रचार कार्यक्रममा नै प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएको छ । अध्यक्ष ओलीले आज दमक– ३ स्थित दुम्से, टुकुरेमा प्रचारप्रसारको कार्यक्रम रहेको छ । दमक ८ स्थित संगम चौक, कृष्ण मन्दिर, धनपती मैनालीको घर हुँदै दमक १० स्थित सूर्य चौकमा पनि प्रचारप्रसारको कार्यक्रम रहेको छ ।

IME
khanepani