काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

वर्षेनी बढ्दैछ सार्वजनिक ऋणको भार, ६ महिनामै १ खर्ब ७९ अर्ब साँवा–ब्याज भुक्तानी

1.18K
shares
khanepani bord

काठमाडौं । देशको सार्वजनिक ऋण प्रत्येक वर्ष बढ्दैछ । सरकारले यसको व्यवस्थापनमा अर्बौ रुपैयाँ खर्चिए पनि सुधार देखिएको छैन ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमै १ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ सार्वजनिक ऋणको दायित्व व्यहोर्न छुट्याएको थियो, जसमध्ये ४५ दशमलव ५३ प्रतिशत बजेट खर्च भइसकेको छ।

अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा आन्तरिक ऋणतर्फ साँवा १ खर्ब २६ अर्ब ७६ करोड र ब्याज २८ अर्ब ३७ करोड गरी जम्मा १ खर्ब ५५ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

बाह्य ऋणतर्फ साँवा २६ अर्ब १३ करोड र ब्याज ५ अर्ब ८५ करोड गरी जम्मा ३१ अर्ब ९९ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

पछिल्लो एक दशकमा सार्वजनिक ऋण करिब छ गुणाले बढेको छ। एक दशकअघि ५ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०८१र८२ को असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ पुगेको थियो। त्यसयता पनि सार्वजनिक ऋण निरन्तर बढ्दो क्रममा छ।

आर्थिक वर्ष २०८१र८२ मा साँवा र ब्याज गरी कुल ३ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको थियो। उक्त खर्चमध्ये ऋणको साँवा भुक्तानीमा मात्रै २ खर्ब ९१ अर्ब १९ करोड र ब्याज भुक्तानीमा ७० अर्ब ४४ करोड रुपैयाँ खर्च भएको थियो।

सोमध्ये आन्तरिक ऋणको साँवा भुक्तानी २ खर्ब ४३ अर्ब ५१ करोड र वैदेशिक ऋणतर्फ ४७ अर्ब २८ करोड रुपैयाँ भुक्तानी भएको देखिन्छ। कुल ब्याज भुक्तानीमध्ये आन्तरिक ऋणको ब्याज ६० अर्ब २७ करोड र वैदेशिक ऋणको ब्याज १० अर्ब १६ करोड रुपैयाँ रहेको छ।

IME
khanepani