काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

नेप्सेमा गिरावट, कारोबार रकम भने बढ्यो

1.26K
shares
khanepani bord

काठमाडौं । आज साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार अर्थात् अघिल्लो कारोबार दिन पनि घटेको नेप्सेल आज पनि निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक २०.७५ अंक घटेर २६४२.१५ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स २.९९ अंक घटेको छ । यस्तै, फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंक घटेको छ।

लगातार दुई दिन नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। सोमबार ७ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५४ स्टकको ८३ हजार ७५ पटकको कारोबारमा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँबराबरको २ करोड ५ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूूल्य यस दिन ३३ रुपैयाँबढेर ३६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५३ करोड ३६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको साढे ४४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३१ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २।११ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

IME
khanepani