काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

नेकपा संयुक्तको घोषणापत्र सार्वजनिक : आवश्यकता र शर्तमा बाहेक विदेशी सहयोग लिँदैनौँ (पूर्णपाठ)

1.33K
shares
khanepani bord

काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर घोषणा पत्र ल्याएको हो।

घोषणापत्रमा विदेशी सहयोगमा भर परेर कोही पनि समृद्ध नभएको भन्दै आवश्यकताबाहेकको विदेशी सहयोग नलिने घोषणा गरेको छ।

घोषणापत्रमा भनिएको छ, ‘अब सित्तैमा कसैले दिँदैन र कसैले दियो भने पनि बिनाशर्त दिँदैन । हाम्रो राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठुलो तगारो हो । अब हामीले भन्न सक्नु पर्छ– ‘हाम्रा आवश्यकता र शर्तमा बाहेक विदेशी सहयोग लिँदैनौँ’ ।’
राजनीतिक कार्यकर्ताको ठुलो सङ्ख्या, कर्मचारी, व्यवसायी भ्रष्टाचारमा संलग्न रहेको भन्दै घुस नखानेको पार्टी बनाउने बताए।

घोषणा पत्रमा भनिएको छ, ‘हामीमाथि भ्रष्टाचारको आरोप नलाग्ने गरी अन्तर्राष्ट्रिय मञ्चमा उभिन सक्ने नेतृत्वबिना हामीले अरूमाथि प्रश्न गर्न सक्दैनौँ । त्यसैले उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचार मुक्त राजनीति हो । त्यसैले भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनु पर्छ । त्यसैलाई हामीले चलनचल्तीको भाषामा र साङ्केतिकरुपमा ‘घुस नखाने राजनीति, घुस नखाने पार्टी’ भनेका हौँ ।’




IME
khanepani