काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

हायात होटल आगजनी र तोडफोड प्रकरण- १० जना पुर्पक्षका लागि कारागार चलान

2.48K
shares
khanepani bord

काठमाडौं । काठमाडौंको हायात रिजेन्सी होटलमा भदौ २४ गते भएको तोडफोड तथा आपराधिक उपद्रव/डाँका चोरी प्रकरणमा संलग्न रहेको आरोपमा १० जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

पक्राउ परेकामध्ये दावा शेर्पा, रञ्जित खड्गी, दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, कारण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ रहेका छन्।

जिल्ला अदालत काठमाडौंको आदेशअनुसार सबै प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।

बौद्धस्थित हायात रिजेन्सी देशकै प्रतिष्ठित पाँचतारे होटलमध्ये एक हो।

IME
khanepani