काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

फिल्म अ बाट आमाले बक्स अफिसमा शानदार कमाई, कुमारीको कति छ ?

1.51K
shares
khanepani bord

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फागुन २ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार अ बाट आमाले बक्स अफिसमा शानदार कमाई गरेको छ ।

माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमाले बक्स अफिसमा अहिलेसम्म ८ करोड ३१ लाख ८७ हजार ७८९ कमाई गरेको छ । यस फिल्मका ३ लाख १० हजार ३२३ टिकट विक्री भएको बोर्डले जनाएको छ ।

त्यस्तै माघ २३ गतेदेखि रिलिज भएको अर्को फिल्म कुमारीले अहिलेसम्म ५६ लाख २११ कमाएको छ । यस फिल्मको अहिलेसम्म १७ हजार २५ टिकट बिक्रि भएको छ ।

त्यसैगरी माघ २३ गते नै रिलिज भएको अर्को फिल्म रमिताकी पिरतीले १९ लाख ४३ हजार ५८८ कमाई गरेको छ । अहिलेसम्म रमिताकी पिरतीको ५ हजार ९३७ टिकट बिक्री भएको छ ।

IME
khanepani