काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

मधेशबाट चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस

1.9K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा गर्ने सभामार्फत् चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।

जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञा पत्रबारे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा आज कांग्रेसले जनकपुरधाममा सभा गर्दैछ । ‘प्रतिज्ञा सभा’ नाम दिइएको यस चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन् । सोही क्रममा उनले चुनावी घोषणा पत्र सार्वजनिक गर्नेछन् । चुनावी घोषणापत्रलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ ।

कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवले सभामा एक लाख मानिसहरुको सहभागी गराउने लक्ष्य रहेको बताए ।

IME
khanepani