काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

बागलुङ १ का ८ उम्मेदवार एउटै मञ्चमाबाट, ‘समृद्ध बागलुङ’को गरे बाचा

1.43K
shares
khanepani bord

बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा सुनाएका छन् । मंगलबार बागलुङको ऐश्वर्य पार्कमा आयोजना गरिएको नागरिकसँगको प्रत्यक्ष संवादमा ८ उम्मेदवारहरुले आफ्ना विकास र नीतिगत एजेण्डा सुनाउँदै ‘समृद्ध बागलुङ’ निर्माणमा भूमिका खेल्ने बताए ।

नेकपा एमालेका उम्मेदवार हिरा केसीले जनताको सेवामा ३० वर्षदेखि काम गरिरहे पनि अनुमोदन हुने अवसर नपाएको बताए । यसपटक आफूमाथि मतदाताले अन्याय नगर्ने विश्वास व्यक्त गर्दै उनले समृद्ध बागलुङ निर्माणमा भूमिका खेल्ने बताए ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर श्रीषले पनि बागलुङको पूर्वाधार विकास र सुशासनका क्षेत्रमा काम गर्ने बताए । उनले पनि समृद्ध बागलुङको सपना साकार पार्ने प्रतिबद्धता जनाए ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार कृष्ण अधिकारीले व्यवस्थालाई सुधार गर्दै संविधानको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको सुनाए । उनले पनि समृद्धि, सुशासन र रोजगारी सिर्जना प्राथमिकतामा रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील खड्काले नीतिगत सुधार आजको आवश्यकता भन्दै जेनजी पुस्ताको सपना पुरा गर्न निर्वाचनमा होमिएको बताए ।
राप्रपाका उम्मेदवार कल्याण आचार्यले हिन्दु धर्म र राजसंस्थाका लागि अगुवाइ गर्ने धारणा व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार टेकबहादुर केसीलेले जनयुद्धका लक्ष्य पूरा गर्ने काममा लाग्ने बताए ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार चित्र सापकोटाले परिवर्तनका लागि युवाहरु गोलबद्ध गर्ने र विकास तथा सुशासनका क्षेत्रमा काम गर्ने बताए । नेपाल मानवतावादी पार्टीका उम्मेदवार भक्तबहादुर विकले सामाजिक न्यायका लागि परिवर्तन गर्न आवश्यक रहेको बताए ।

IME
khanepani