काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

नागढुङ्गामा लागुपदार्थ सेवन गरी सवारी चलाउने ७ चालक पक्राउ

1.56K
shares
khanepani bord

काठमाडौं । काठमाडौँको नागढुङ्गा क्षेत्रमा गरिएको विशेष जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार सञ्चालन गरिएको लापसे जाँच अभियानमा तीन जना हाईस चालक, दुई जना बस चालक, एक जना ट्रक चालक र एक जना पिकअप भ्यान चालक पक्राउ परेका हुन् । उनीहरू लागुपदार्थ सेवन गरेको अवस्थामा सवारी चलाइरहेको फेला परेका थिए ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको नर्कोटिस कन्ट्रोल ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले जाँच अभियान सञ्चालन गरेको थियो ।

नियन्त्रणमा लिइएका चालकहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले यात्रु बोक्ने जस्ता संवेदनशील सवारी साधनका चालकले लागुपदार्थ सेवन गरी सवारी चलाउनु गम्भीर र दण्डनीय कसुर भएको जनाएको छ। यसले चालक मात्र होइन, यात्रुको जीवनसमेत जोखिममा पार्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

यदि कुनै चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको आशंका लागेमा यात्रुले नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल कक्षको हटलाइन नम्बर १०३ वा प्रहरी हटलाइन नम्बर १०० मा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ।

IME
khanepani